सिक्किम विधानसभाका अध्यक्षले जिल्ला उद्योग केन्द्रको उदघाटन्

IMG-20250502-WA0274

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एमएम शेर्पाले आज सालघारी जुम निर्वाचन क्षेत्रका विधायक मदन सिञ्चुरीको उपस्थितिमा सोरेङ जिल्लाको यात्री निवासमा नव निर्मित जिल्ला उद्दयोग केन्द्रको उदघाटन गरे। उदघाटन कार्यक्रम पछि अध्यक्ष शेर्पाले स्थानीय उद्यामी साथै लाभार्थीहरूहरूसँग अन्तक्रिया गर्दै यस नयाँ केन्द्रको लाभ उठाउनु पर्ने आग्रह गरे। सोही प्रकारले डीआइसीका महाप्रबन्धक अनुला गुरूङले यस नव निर्मित केन्द्रको महत्वबारेमा जानकारी गराइन। उनले जिल्लामा औद्योगिक विकास अनि उद्मयशीलताको निम्ति वन स्टप समाधान गर्नमा आज उदघाटन गरिएको केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नको साथै क्षेत्रको आर्थिक विकासमा यसको भूमिकाबारे अवगत गराइन्। यस केन्द्रबाट उद्यामीहरूले राज्य र केन्द्र सरकारबाट प्रदान गरिने विभिन्न प्रकारको योजनाको छुटबारेमा पनि जानकारी प्राप्त गर्न सक्ने बताइन्। विशेष गरेर केन्द्र सरकार र राज्य सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाहरू जस्तै स्किल युथ स्टार्ट अप, प्रधानमन्त्री रोजगार जेनेरेसन, प्रधानमन्त्री विश्वकर्मा योजना लगायत अन्यबारे जानकारी गराइन्।

About Author

Advertisement