सिक्किम लोकभवनमा मनाइयो बिहार राज्य स्थापना दिवस

n7055569001774193474848821fc035f9b66c2176ab996f71f40578d5eb5a9f0907750b101ca2af3710a55d

गान्तोक: आज सिक्किम लोकभवनमा बिहार राज्य स्थापना दिवस मनाइएको छ। भारत सरकारद्वारा सुरु गरिएको ‘अनेकतामा एकता’ को भावनालाई सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका क्रममा लोकभवनका अधिकारीहरूले राज्यपाल ओम प्रकाश माथुरको तर्फबाट सिक्किममा बसोबास गर्ने सम्पूर्ण बिहारी समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा बिहारको समृद्ध सांस्कृतिक परम्परा तथा गौरवशाली इतिहासमाथि प्रकाश पारिएको थियो। साथै, विगत केही दशकदेखि सिक्किमको आर्थिक तथा सामाजिक विकासमा बिहारी समुदायले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैन (सेवानिवृत्त) को भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो। उनले लोकभवनहरूमा बिहार दिवस आयोजना गरिएकोमा आभार व्यक्त गर्दै देशका विभिन्न भागमा बसोबास गर्ने बिहारी समुदायको योगदानको सराहना गरेका थिए।
उक्त कार्यक्रममा सिक्किममा बसोबास गर्ने बिहारी समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

About Author

Advertisement