गान्तोक: आज सिक्किम राज्य महिला आयोगका अध्यक्ष टेनी डोमा भुटियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री प्रेम सिंह तामाङसित आधिकारिक निवासमा शिष्टाचार भेटघाट गर्यो।
संजाल मार्फत प्राप्त जानकारी अनुसार भेटका क्रममा सिक्किमभरिका महिलाहरूको कल्याण, सशक्तिकरण तथा समग्र हितसँग सम्बन्धित विभिन्न विषय र पहलहरूबारे सार्थक छलफल भयो। यसरी नै राज्यमा महिलाहरूको अधिकारको संरक्षण तथा उनीहरूको आवाजलाई सशक्त बनाउने दिशामा महिला आयोगले निरन्तर गर्दै आएको समर्पण र प्रयासप्रति मुख्यमन्त्रीले प्रशंसा व्यक्त गरे।
मुख्यमन्त्रीले आयोगका सदस्यहरूलाई उनीहरूको आगामी कार्यहरूका लागि शुभकामना व्यक्त गर्दै राज्यका सबै महिलाहरूका लागि अझ समावेशी, सहयोगी तथा सशक्त वातावरण निर्माण गर्ने दिशामा संयुक्त प्रयास जारी रहने विश्वास व्यक्त गरे।









