सिक्किम राज्य महिला आयोगकी नवनियुक्त अध्यक्ष टेनी डोमा भोटियालेआफ्नो कार्यभार सम्हालिन

n64692597817364455057973198994c292de118acbdc069e5ab5a88de2fc32b39d5328cb8e32d389d3a4ee3

गान्तोक: सिक्किम राज्य महिला आयोगकी नवनियुक्त अध्यक्ष टेनी डोमा भोटियाले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। गान्तोकस्थित सिक्किम राज्य महिला आयोगको कार्यालयमा उनले आफ्नो पदभार ग्रहण गरिन्।
यस अवसरमा सिक्किम राज्य महिला आयोगकी सदस्य सचिव युसा लाचेन्पा लगायत अन्य अधिकारीहरू एवं कर्मचारीहरूले खदा एवं फुलगुच्छा अर्पण गरेर स्वागत गरे।
यसैगरी, एसकेएम नारी शक्ति बिभागका पदाधिकारीहरूले पनि उनलाई खदा र फुल गुच्छा प्रदान गरी सफल कार्यकालको कामना गरे। यस अवसरमा एसकेएम नारी शक्ति राज्य स्तरीय उपाध्यक्ष छिरिङ पाल्देन भोटिया, नारी शक्ति राज्य स्तरीय महासचिव गंगा प्रसाई अन्य पदाधिकारीहरू रूपा गुरूङ, रूपा मगर, अमर सुब्बा, सुवर्णा प्रधान, पार्षद डिकी ल्हामु लेप्चा लगायतका उपस्थति थिए।
सिक्किम राज्य महिला आयोगकी नवनियुक्त अध्यक्ष टेनी डोमा भोटियाले आफुलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आफ्नो जिम्मेवारी पूर्ण इमानदारिका साथ निर्वाह गर्ने प्रतिवद्वता जाहेर गरिन्।

About Author

Advertisement