सिक्किम राज्यमा मास्कको प्रयोग अनिवार्य, सरकारले जारी गऱ्यो एडभाइजरी

IMG-20230316-WA0282.jpg

गान्तोक: राज्यमा मास्कको प्रयोग पुनः अनिवार्य बनेको छ। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागले आज एक एडभाइजरी जारी गरेर यसबारे प्रष्ट पारेको छ। धेरै महिनापछि आज एकै दिनमा कोरोनाको नयाँ मामिलाले दोहोरो अंक छोएपछि विभागले यस्तो निर्णय लिएको छ। विभागका सचिवद्वारा जारी कोविड-१९ एडभाइजरीमा सधैं मास्कको प्रयोग गर्नुपर्ने, हात पटकपटक धुनुपर्ने, हाछ्यू काड़्दा नाक अनि मुख छोप्नुपर्ने, भीड़बाट जोगिनुपर्ने, सार्वजनिक स्थलमा ६ फीटको सामाजिक दूरी कायम राख्नुपर्ने, सार्वजनिक स्थलमा थुक्नु मनाही गरेको छ। राज्यमा बढ़्दो कोरोनाको नयाँ मामिलालाई ध्यानमा राखेर यो पूर्व सावधानी कठोरतापूर्वक पालन गरिने विभागले स्पष्ट रूपमा बताएको छ।

About Author

Advertisement