सिक्किम: पूर्व मन्त्री राईमाथि आक्रमण गर्ने दोषीलाई कार्वाही गरिनेछः मुख्यन्त्री तामाङ

IMG-20240301-WA0212.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज मल्ली निर्वाचन क्षेत्रमा भएको घटनलाई लिएर दुःख व्यक्त गरेका छन्। विशेष गरेर पूर्व मन्त्री एवम सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईलाई केही असमाजिक तत्वहरूले शारिरिकरूपमा आक्रमण गरेकोमा मुख्यमन्त्रीले कडा शब्दमा खण्डन गरेका छन्। पीडित राई राज्यको राजनीतिमा एक वरिष्ठ राजनैतिज्ञ रहेको र उनीमाथि यस प्रकारको व्यवहार कहिले नहुनु पर्ने बताएका छन्। पीडितलाई न्याय प्रदान गर्ने दावी गर्दै दोषीहरूलाई कार्वाही गरिने बताएका छन्। सिक्किम राज्य शान्ति र सद्भावमा फस्टाउँछ, र त्यस्ता घृणित कार्यहरू सहने छैन। हिंसा र द्वन्द्वलाई अस्वीकार गर्दै शान्ति, एकता र शान्ति कायम गर्न सबैलाई मुख्यमन्त्रीले आग्रह गरेका छन्। यसरी नै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले पनि उक्त घटनाको तीब्र निन्दा गरेका छन्। उनले समाजमा यस प्रकारको घटना अति नै निन्दनीय रहेको बताएका छन्। यस घटनामा आवद्ध जो कोही भए पनि पुलिस प्रशासनले शीघ्र पक्राउ गर्नुपर्ने माग गरेका छन्।

About Author

Advertisement