सिक्किम मास्टर्स वेटलिफ्टिङ टोलीद्वारा राज्यपाल समक्ष शिष्टाचार भेट, पदक जितको जानकारी प्रस्तुत

n705825444177437649744199f522669529d49b3419c3638cfba7f9cbe07007a81972c5d67e9e8977cdc102

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग आज लोकभवनमा सिक्किम मास्टर्स वेटलिफ्टिङ एसोसिएसनका अध्यक्ष लाक्पा शेर्पाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
लोकभवनका अनुसार, भेटका क्रममा प्रतिनिधिमण्डलले राज्यपाललाई हालै सम्पन्न ५औं राष्ट्रिय मास्टर्स वेटलिफ्टिङ प्रतियोगितामा सिक्किमले पहिलो पटक सहभागिता जनाउँदै उल्लेखनीय सफलता हासिल गरेको जानकारी गराएको थियो। उक्त प्रतियोगितामा टोलीले ३ स्वर्ण र ४ रजत पदक जितेको थियो, जसमा महिला खेलाडीहरूको पनि सहभागिता रहेको थियो।
राज्यपाल माथुरले टोलीलाई यस उपलब्धिप्रति हार्दिक बधाई दिँदै खादा ओढाएर सम्मान गरेका थिए। उनले यस्ता उपलब्धिहरूले सिक्किमको नामलाई राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याउने र भावी पुस्तालाई खेलकुदतर्फ प्रेरित गर्ने बताए। साथै, उनले सिक्किमका खेलाडीहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे।
टोलीका सदस्यहरूले राज्यपालबाट प्राप्त सम्मान र प्रोत्साहनले आफूहरूलाई थप उत्साह र प्रेरणा मिलेको बताउँदै आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्दै राज्यको गौरव बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement