सिक्किम/बगाल: चोरीको सामान सहित आरोपी पक्राउ

1000579021.jpg

सिलगढ़ी: सिक्किमको एउटा घरबाट सुन र ग्यास सिलेण्डर चोरी भएको मामिलामा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपीको नाम विवेक प्रधान हो जो गान्तोक निवासी हो। सिक्किम पुलिसको एक टीम उपद्रवीलाई पक्राउ गर्नको लागि भक्तिनगर थाना क्षेत्रमा आएको थियो। त्यसपछि स्थानीय पुलिसको सहयोगमा गए शुक्रवार अबेर राती अपराधीलाई पक्राउ गरियो।

पक्रा परेका आरोपीको कब्जाबाट चोरेको सुन र ग्यास सिलेण्डर जफत गरिएको छ। सिक्किम पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

About Author

Advertisement