सिक्किम प्रदेश भाजपा-ले पनि पालन गऱ्यो प्रजातन्त्रको स्वर्णजयन्ती

IMG-20250516-WA0224

जोरथाङ: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले पनि सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा प्रजातन्त्रको स्वर्णजयन्ती पालन गऱ्यो। यस अवसरमा पार्टीले दक्षिण सिक्किमको जोरथाङमा तिरङ्गा यात्रासँगै जनसभा आयोजना गरेको थियो। कार्यक्रममा प्रदेश अध्यक्ष डीआर थापा अनि अन्य शीर्ष नेतृत्वको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम अवधि सिक्किम राज्यको समृद्ध इतिहास, प्रजातन्त्रको ५० वर्षे यात्रा अनि भावी चुनौतीहरू माथि चर्चा परिचर्चा गरियो।
सिक्किम प्रदेश भाजपाका प्रवक्ता पासङ शेर्पाले सिक्किमको प्रजातान्त्रिक यात्रा बारे प्रकाश पार्दै सिक्किम राज्यलाई वर्तमानको अवस्थामा ल्याइ पुऱ्याउन अहिलेसम्मका सबै मुख्यमन्त्रीले दिएको योगदानको प्रशंसा गरे। राज्यले भोगिरहेका विभिन्न चुनौती बारे बोल्दै यसलाई सम्बोधन गर्न सम्बोधन गर्न सबै एकजुट हुनपर्ने उनले विचार व्यक्त गरे। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले १९७३को प्रजातान्त्रिक सङ्ग्रामीहरूको योगदानको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरे।


यस अघि अपरेशन सिन्दूरको सफलताको निम्ति भारतीय सेनाका जवानहरूलाई बधाई दिँदै जोरथाङ बजारमा भव्य तिरङ्गा यात्रा आयोजना गरिएको थियो। कार्यक्रम अवधि भाजपा महिला मोर्चाद्वारा स्थानीय लाभार्थीहरूलाई ई-श्रम कार्ड साथै एलपीजी ग्यास वितरण गरियो।

About Author

Advertisement