गान्तोक: प्रधानमन्त्रीको आगामी सिक्किम भ्रमणलाई ध्यानमा राख्दै भाजपा सांसद डा. सम्बित पात्र सिक्किम पुगेका छन्। शुक्रबार उनी हेलिकप्टरमार्फत बुरतुकस्थित हेलीप्याडमा अवतरण गरे।
यस यात्रामा उनका साथमा सिक्किमका राज्यपाल पनि उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किमको राज्य स्थापना भएको स्वर्ण जयन्ती वर्षको समापन समारोहमा सहभागी हुन सिक्किम आउँदैछन्।
हेलीप्याडमा सांसद पात्रलाई मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, पाकिम जिल्लाकी उपाध्यक्ष प्रभा प्रधान, मुख्यमन्त्रीका सहायक विशेष कार्याधिकारी विशाल शर्मा तथा गृह विभागका प्रोटोकल प्रमुख समन्वय अधिकारी गोपाल पाठक लगायत अन्यले स्वागत गरेका थिए।

उल्लेखनीय छ कि प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २७ अप्रिल २०२६ मा दुई दिने सिक्किम भ्रमणमा आउँदैछन्। यस भ्रमणलाई लिएर तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।









