सिक्किम पर्यावरण शिक्षा कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट राज्यको पुरस्कारले सम्मानित

n6095493921715969157228bc835d9a97092e23fab2ff3eeadd540432786aa253e6e8858e7d9d5973c0b844.jpg

गान्तोक: भारत सरकारको पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालयले सिक्किमलाई पर्यावरण शिक्षा कार्यक्रम (इको-क्लब कार्यक्रम) कार्यान्वयनमा सिक्किमलाई उत्कृष्ट राज्यको पुरस्कारले सम्मानित गरेको छ। आज नयॉं दिल्लीमा आयोजित राष्ट्रिय समीक्षा बैठकमा सिक्किमलाई सम्मानित गरिएको हो।

पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालयकी संयुक्त सचिव नमीता प्रसादको बाहुलीद्वारा सिक्किमलाई ट्रफी र प्रमाण पत्र प्रदान गरियो। सिक्किमको तर्फबाट वन एवं पर्यावरण विभागका वरिष्ठ कार्यक्रम अधिकारी र सूचना अधिकारी लक्ष्मण दर्नालले पुरस्कार ग्रहण गरे।

सिक्किमले परिमार्जन गरिएको वातावरण शिक्षा कार्यक्रम (पहिले राष्ट्रिय हरित कोर इको-क्लब कार्यक्रम) को लागि आधिकारिक लोगो प्रतियोगिता पनि जित्यो जुन कार्यक्रममा मन्त्रालयले अनावरण गरेको थियो।

देशव्यापी सयौं मनोनयनहरू मध्येबाट छनोट भएका सिक्किमका तीनवटा प्रविष्टिहरूमध्ये एक याङगाङ वरिष्ठ माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थी आदर्श पोख्रेल र याङगाङका ग्राफिक डिजाइनर कृष्ण शर्माले पेस गरेका थिए। पुरस्कार स्वरूप प्रमाणपत्र, ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरियो।

About Author

Advertisement