सिक्किम–नेपाल पर्यटन साझेदारी: ‘भगिनी सम्बन्ध’ सम्मेलन सम्पन्न

n6917765001764887884311dba9780723e51b988deba7ad17e513e8979f994ba6461a115164a935fff6d835

चितवन: सिक्किम र नेपालको पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले दुवै क्षेत्रका पर्यटन हितधारकहरू नेपालका चर्चित पर्यटन गन्तव्य चितवनमा भेला भएका छन्। यसबीच कसरा पर्यटन व्यवसायी समिति, चितवन नेपाल र सिक्किम युनाइटेड टुरिज्म अर्गनाइजेशन (सूटो) ले पर्यटन उद्योग विस्तारमा सहयोग र साझेदारी सुनिश्चित गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालको तर्फबाट उपाध्यक्ष चोपलाल पाण्डे र सिक्किमको तर्फबाट अध्यक्ष गणेश शिवकोटी ले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्मेलनलाई ‘भगिनी सम्बन्ध समारोह’ नाम दिइएको थियो।
कार्यक्रम बागमती प्रदेश सभासद ठाकुरप्रसाद ढकाल को मुख्य आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष शिवकोटीले सिक्किम–चितवन बीचको साझेदारीले दुवै क्षेत्रका पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने बताए। उनले चितवनको वाइल्ड लाइफ पर्यटन, राफ्टिङ, बर्ड वाचिङ, होमस्टे पर्यटन लगायत सिक्किमको ग्रामीण पर्यटन, इको–टुरिज्म र होमस्टे टुरिज्मलाई आकर्षित गरेको उल्लेख गरे।
सिक्किमले पनि वाइल्ड लाइफ पर्यटन विस्तारमा चितवनबाट सिक्ने तयारी गरेको छ। चितवन विश्व धरोहर सूचिमा सामेल वन्यजन्तु निकुञ्ज हो भने सिक्किमले कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जलाई प्रचार–प्रसार गर्ने जानकारी गराएको छ।
मुख्य अतिथि सभासद ढकालले राजनीतिक उदासीनताका कारण नेपालको पर्यटन खस्कँदै गएको र नयाँ पुस्ताका उद्यमीहरूले सक्रिय भूमिका खेल्नु पर्ने आह्वान गरे।
सम्मेलनमा सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग र सूटो का १६ सदस्यीय टोली सहभागी थिए। टोलीको नेतृत्व अध्यक्ष गणेश शिवकोटी ले गरेका थिए। सिक्किम टोलीमा होमस्टे, होटल, ट्राभल्स, टुरिस्ट गाइड र साहसिक पर्यटन प्रतिनिधिहरू सामेल थिए।
पहिलो दिनको कार्यक्रम चितवनको सोल्टी पाँचतारे होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लापाल, सांसद, नेपालका प्रसिद्ध पर्यटन व्यवसायी, पत्रकार महासंघ, प्रेस क्लब, भरतपुर नगरपालिका प्रतिनिधि, पर्यटन तथा सामाजिक संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।
सम्मेलनको क्रममा पर्यटन अधिकारी दीपा गुरुङ, सूटो का प्रतिनिधि नावेद गौतम र प्रवेश छेत्री ले पावरपोइन्ट प्रेजेन्टेशनमार्फत दुवै क्षेत्रका पर्यटन सम्भावनाबारे जानकारी प्रस्तुत गरेका थिए।

About Author

Advertisement