गान्तोक: राज्य सरकारको स्वास्थ्य एवम परिवार कल्याण विभाग अन्तर्गत सञ्चालित सिक्किम गर्बमेन्ट कलेज अफ नर्सिङले दुई दिवसीयरूपमा नाइटिङगेल फेस्ट पालन गऱ्यो। गत १४-१५ मईको दिन नाइटिङगल फेस्ट पालन गरिएको थियो। उदघाटन कार्यक्रममा विभिन्न प्रकारको गतिविधिहरू कलेज परिसरमा आयोजना गरिएको थियो। यस अवसरमा तर्क प्रतियोगिता, कविता वाचन, निवन्ध लेखन, क्यारेम बोर्ड, चाइनिज चेकर लगायत अन्य गतिविधिहरूलाई पनि समावेश गरिएको थियो। यस कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरुको निम्ति गायन प्रतियोगिता, एकल तथा सामुहिक नृत्य,सांस्कृतिक विषयवस्तु, आफ्नो कलात्मक तथा रचनात्मक प्रतिभा प्रदर्शन गरेका थिए।
नाइटिङगेल फेस्टको दोस्रो दिन खेलगाउँ, रेसिथाङमा सम्पन्न भएको थियो। नर्सिङ विद्यार्थीहरीको निम्ति एक सय मिटर दौड प्रतियोगिता, लङ जम्प, शटपुट, व्याडमिन्टन लगायत अन्य खेलकूदको पनि आयोजना गरिएको थियो।










