सिक्किम गरीब आवास योजना घरको उद्घाटन

n6596351841744221449196742f8369324caa59b2cb9e7beaf00505f5391e502071a0c847743639a58d5244

नाम्ची: राज्य शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री भोजराज राईले आज नाम्ची ब्लकमा पर्ने तिङरिथाङ जीपीयूको पाक्जेर वार्डमा सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरको उद्घाटन गरेका छन्।
मन्त्री राईले घर उद्घाटन गरेपछि लाभार्थी पेम डिकी लेप्चालाई घर हस्तान्तरण गरिएको छ।
घर उद्घाटन समारोहमा जिल्ला पञ्चायत सीके गुरुङ, पञ्चायत सभापति पिटर लेप्चा, पञ्चायत उपसभापति, वार्ड पञ्चायतहरू, नाम्चीका बीडीओ उपेन्द्र राई तथा अन्य अधिकारीहरू र स्थानीय मानिसहरूको पनि उपस्थिति थियो।
यो नवनिर्मित घरको उद्घाटन सिक्किम गरीब आवास योजनाको उद्देश्य पूरा गर्ने दिशामा एक महत्वपूर्ण कदम रहेको बताइएको छ, जसले यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यलाई पूरा गरिरहेको छ।

About Author

Advertisement