सिक्किम क्रान्तिकारी मोर्चाद्वारा सात जना पार्टी प्रवक्ता नियुक्त

00-1-SKM

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले सात जनालाई पार्टी प्रवक्ता नियुक्त गरेको छ। पार्टीको संविधानको धारा ४ बमोजिम पार्टी अध्यक्षले नियुक्ति गरेको पार्टी मुख्यालयले जारी गरेको आधिकारिक पत्रमा उल्लेख छ। तत्काल प्रभावबाट नियुक्त भएका नयाँ प्रवक्ताहरु हुन्: सी पी शर्मा, जेकाब खालिङ, विकास बस्नेत, कृष्ण लेप्चा, युगेन तामाङ, कविता सापकोटा, सञ्जय दिलपाली राई। यसैबीच, सिक्किम डेमोक्रेटिक फ्रन्टका सदस्य शिवकुमार तिमसिनाले शनिबार १४ सेप्टेम्बरमा पार्टी अध्यक्ष पवन कुमार चाम्लिङलाई औपचारिक पत्र लेखेर पार्टीबाट राजीनामा दिएका छन्।

आफ्नो राजीनामा पत्रमा, उनले सिक्किमको विकासमा पवन चामलिङको दीर्घकालीन योगदानको लागि प्रशंसा गरेl भारतको सबैभन्दा लामो समय सेवा गर्ने मुख्यमन्त्रीको रूपमा उनको रेकर्ड र राज्यको आधुनिकीकरणमा उनको महत्त्वपूर्ण भूमिकालाई उल्लेख गरे।

About Author

Advertisement