गान्ताेक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको विद्यार्थी शाखाको मासिक बैठक आज राजधानीस्थित पार्टी मुख्यालयमा सम्पन्न भएको छ। बैठक एसकेएम विद्यार्थी शाखा अध्यक्ष छिरिङ वाङचुक लेप्चा को अध्यक्षतामा बसेको थियो।
बैठकमा राज्यका विद्यार्थीहरूसँग सम्बन्धित विविध मुद्दाहरू र उनीहरूको कल्याणका विषयमा गहन छलफल गरिएको थियो। विशेष गरी, सिक्किमका विभिन्न सरकारी कलेजका निर्वाचित एसआरसी सदस्यहरूसँग समन्वय र विद्यार्थी प्रतिनिधित्व सुदृढ़ बनाउन भेटघाट र अभिवादन कार्यक्रमको प्रस्ताव बारे पनि छलफल भएको थियो।
साथै, बैठकले आगामी सिक्किम कला तथा साहित्य महोत्सवको तयारी र सहभागिता योजना समेत समीक्षा गर्यो। विद्यार्थी शाखा र युवा शाखाबीच मित्रता, एकता र तन्दुरुस्ती प्रवर्द्धन गर्न मैत्रीपूर्ण फुटबल खेल आयोजनाको प्रस्ताव पनि उठाइएको थियो।
बैठकको क्रममा पार्टीको १४औं स्थापना दिवस सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र पार्टी नेतृत्वलाई बधाई दिइयो। सबै सदस्यहरूले आफ्ना सीईसी सदस्यता नवीकरण गरेको जानकारी पनि प्रेस विज्ञप्तिमा समावेश गरिएको छ।









