सिक्किम कार ऱ्यालीकाे हर्नबिल महोत्सवसम्मको यात्रा पूरा

n642045782173333669995855e1024b2a1c6e8ed9ebde381b042a52c3c3259a95f9c7e6338232be61be5d2b

गान्तोक: प्रतिष्ठित २५औं हर्नबिल महोत्सव, २०२४ मा भाग लिन नागाल्याण्ड पुगेको सिक्किम कार ऱ्यालीले आफ्नो यात्रा पूरा गरेर अब फर्कने क्रममा रहेको छ। आईपीआर विभागकी सचिव अन्नपूर्ण आलेले कार ऱ्यालीका सबै प्रतिभागीहरूलाई खादा लगाइदिएर न्यानो शुभकामना व्यक्त गरिन्।
यस अवसरमा मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ पनि उपस्थित थिए।
कार ऱ्यालीका प्रतिभागीहरूले सिक्किमका मुख्यमन्त्रीप्रति यात्रालाई सम्भव बनाउन प्रदान गरेका समर्थनको निम्ति कृतज्ञता प्रकट गरेका छन्। यसैगरी, उनीहरूले नागाल्याण्ड मोटर स्पोर्ट्स एसोसिएशन र आईसीएफआरए युनिटी हेरिटेज ऱ्याली, अरुणाचल प्रदेशलाई पनि अमूल्य सहायता र सहकार्यको निम्ति धन्यवाद दिएका छन्।
यस अतिरिक्त, सिक्किम टोलीले नागाल्याण्डका मानिसहरूप्रति न्यानो आतिथ्यका लागि हार्दिक आभार व्यक्त गरेको छ।

About Author

Advertisement