सिक्किम ओलम्पिक एसोसिएशनको वार्षिक सभा सम्पन्न

IMG-20220529-WA0163.jpg

गान्तोक। सिक्किम ओलम्पिक एसोसिएशनको वार्षिक सभा हिजो राजधानीस्थित पाल्जर स्टेडियममा सम्पन्न भयो। संस्थाका अध्यक्ष कुबेर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको सभामा महासचिव जसलाल प्रधानले संस्थाको वार्षिक रिपोर्ट प्रस्तुत गरेका थिए। सोही प्रकारले कोषाध्यक्ष दावा तामाङले वर्ष २०२०-२१ को वित्तीय रिपोर्ट पेश गरे। कार्यक्रममा बेडमिन्टन एसोसिएशनका महासचिव सुकान्ता दासलाई उनको योगदानको कदर गर्दै अभिनन्दन जनाइयो। सभामा संस्थाको गतिविधिबारे छलफल गर्दै आगामी दिनमा खेलकूद क्षेत्रलाई विकास गर्नको निम्ति ट्यालेन्ट हन्ट, कोचिङ, अन्तरविद्यालय प्रतियोगिता आदि आयोजना गरिनेबारे छलफल गरेको जानकारी गराएको छ। यसरी नै आगामी २३ जूनमा अन्तराष्ट्रीय ओलम्पिक दिवस पालन साथै रक्तदान शिविरको पनि आयोजना गरिने निर्णय लिएको छ। यसरी नै अन्य गतिविधिको पनि आयोजना गरिने सभाले निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

Advertisement