“सिक्किम इन्स्पायर्स” को समीक्षा बैठकमा मुख्यमन्त्रीद्वारा अध्यक्षता

FB_IMG_1770994838140

गान्ताेक: आज सम्मन भवनमा “सिक्किम इन्स्पायर्स” को समीक्षा बैठकको अध्यक्षता गर्न पाउँदा मुख्यमन्त्री प्रेम सिंह तामाङ अत्यन्त हर्षित बने।
मुख्यमन्त्रीले सामाजिक संजालमा यस विषयमा उल्लेख गर्दै सिक्किम इन्स्पायर्सको मुख्य उद्देश्य महिला र युवाहरूलाई विविध प्रशिक्षण कार्यक्रम र क्षमता निर्माण पहल मार्फत सशक्त बनाउनु हो भने। साथै विगत दुई वर्षमा यो कार्यक्रमले आफ्नो लक्ष्य प्राप्तिमा सराहनीय प्रगति गरेको सुन्न पाउँदा खुशी महशुस गरेको जनाए।
उनले फेरि भने- “तर म साँच्चिकै आशा गर्दछु कि हाम्रो प्रशिक्षित मानवशक्तिको प्रभावकारी प्रयोग सुनिश्चित गरियोस्। हाम्रो वास्तविक सफलता केवल नवप्रवर्तनात्मक प्रशिक्षण सञ्चालनमा सीमित छैन, बरु हाम्रो जनतालाई आत्मनिर्भर र उद्यमशील बन्न सक्षम बनाउनमा निहित छ, जसले उनीहरूको आकांक्षालाई केवल सेतो-कालर रोजगारीमा सीमित नगरोस्।”
यसैगरी मुख्यमन्त्रीले दृढ विश्वास गर्दै भने कि युवाहरूको मानसिकता परिवर्तन गर्न र सकारात्मक कार्य संस्कृति बलियो बनाउनमा ध्यान केन्द्रित गर्नुपर्छ। यीनै आज विश्वभरि सबैभन्दा चुनौतीपूर्ण विषयहरूमा पर्छन्। उपलब्ध स्रोत र कोषको विवेकपूर्ण र जिम्मेवार प्रयोग सुनिश्चित गरेर भविष्यका लागि आत्मविश्वासी, लचिलो र आत्मनिर्भर पुस्ता तयार गर्न सक्छौं।


अन्तमा मुख्यमन्त्रीले यस पहलसँग सम्बन्धित सबैलाई हार्दिक प्रशंसा व्यक्त गरे र परियोजना सफलतापूर्वक सम्पन्न नहुँदासम्म टोलीलाई निरन्तर सफलता कामना गरे।

About Author

Advertisement