सिक्किमवासीहरूलाई विजय दशमीको शुभकामना दिए राज्यपाललेे

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले विजय दशमीको शुभ अवसरमा सिक्किमवासीहरूलाई शुभकामना दिएका छन्।राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ‘म विजय दशमीको पावन अवसरमा सिक्किमवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
विजय दशमी असत्यमाथि सत्य, अन्यायमाथि न्याय र नराम्रोमाथि राम्रोको विजयको प्रतीक हो। यो पर्वले हामीलाई सत्यता, धर्म र न्यायको मार्गमा हिड्ने प्रेरणा प्रदान गर्दछ। आज यस विशेष अवसरमा म दुर्गा मातासॅंग हाम्रो राज्य अनि राज्यमा अझ धेरै शान्ति, समृद्धि र सौहार्दको निम्ति प्रार्थना गर्दछु।’राज्यपालले सबै मिलेर यो पर्व नयॉं उमङ र उल्लासको साथमा मनाउॅंदै आफ्नो जीवनमा सत्य, अहिंसा र न्यायको मार्गमा दृढतासॅंग अग्रसर बनौं भनी आह्वान गरेका छन्। राज्यपालले अझ भने, ‘दुर्गा माताको असीम कृपाले यो विजय दशमीमा तपाईहरूको जीवनमा सुख, शान्ति र समृद्धिको सञ्चार होस् र हामी सबै मिलेर सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको निर्माण गरौं।’

About Author

Advertisement