सिक्किमवासीहरूलाई राज्यपालले दिए नवरात्रिको हार्दिक शुभकामना

photocollage_20241011162117124

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले नवरात्रिको शुभ अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
आफ्नो सन्देशमा उनले भने, नवरात्रि २०२५ को शुभारम्भमा राज्यवासीहरूलाई हार्दिक शुभकामना प्रेषित गर्दछु।
नवरात्रि दुर्गा माताको आराधनाको पर्वका साथै यसले नारी शक्तिको मूल स्वरूपलाई पनि स्मरण गराउॅंछ। दुर्गा माताका नौ रूप- शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म शक्तिका विविध आयामहरू जस्तै आत्मबल, करुणा, विवेक र साहसको साधनाको अवसर प्रदान गर्दछ, जसले हामीभित्र लुकेर बसेको चेतनालाई जगाउने काम गर्दछ।
राज्यपालले भने, सिक्किमको सांस्कृतिक विविधताले यस पर्वलाई विशेष गरिमा प्रदान गर्दछ। यहॉंका जनताले यस पर्वलाई गहन श्रद्धा, सामाजिक सौहार्द र हर्षोल्लासका साथ मनाउॅंछन्। शक्तिका नौ रूपले हामीलाई जीवनको प्रत्येक पक्षमा सन्तुलन र साहसको मार्ग देखाउॅंछ।
राज्यपालले दुर्गा माताको कृपाले सिक्किम राज्य शान्ति, समृद्धि र सांस्कृतिक चेतनामा निरन्तर अग्रसर बनिरहोस् भनी कामना गरेका छन्। उनले विशेषगरि युवाहरूलाई यो पर्व आत्मविश्वास, सेवा र सामाजिक उत्तरदायित्वको रूपमा अपनाउन र दुर्गा माताका रूपहरूबाट प्रेरणा लिएर आफूभित्रको शक्तिलाई चिन्न र विकसित भारत @२०४७ को लक्ष्यका साथ राष्ट्र निर्माणमा समर्पित बन्न आह्वान गरेका छन्।

About Author

Advertisement