सिक्किमलाई भयमुक्त बनाउन कुनै पनि बलिदान दिन तयार रहने गणेश राईको भनाई

IMG-20240820-WA0003

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले मल्ली निर्वाचन क्षेत्र परिषदको सभा पार्टी अध्यक्ष गणेश कुमार राईको सभाध्यक्षतामा सफलतापूर्वक सम्पन्न गऱ्यो।
सिटिजन एक्सन पार्टी अध्यक्ष राईले आफनो भनाईमा मा पार्टीको राजनीतिक उद्देश्य र प्रतिबद्धतालाई स्पष्ट गर्दै भने, ‘सही राजनीतिले जनताको भलाई र समान अवसरका लागि काम गर्छ भने गलत राजनीतिले पूँजीवादी वर्गको स्वार्थ मात्र पूरा गर्छ।
सिटिजन एक्सन पार्टी चुनाव हारेर डराउने वा लुक्ने पार्टी होइन। हामी जनताको हितका लागि सधैं खटिरहने छौं।’
उनले सरकारी तन्त्रको दुरुपयोगको कडा विरोध गर्दै सिटिजन एक्सन पार्टीको नेतृत्वमा कुनै पनि अन्याय वा दुरुपयोगलाई ठाउँ नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भारतको संविधानको परिधिभित्र रही सबैलाई समान अवसर उपलब्ध गराउने वाचा गर्दै कुनै पनि व्यक्ति वा नेतालाई कानुनभन्दा माथि राख्ने काम सिटिजन एक्सन पार्टीले कहिल्यै स्वीकार नगर्ने बताए।
उनले जनहितका लागि पार्टी कुनै पनि संघर्ष गर्न पछि नपर्ने र सिक्किमलाई भयमुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता दोहोऱ्याए। उनले भने, ‘जनताको हितका लागि म मर्न पनि तयार छु। सिक्किमलाई भयमुक्त बनाउन हामी कुनै पनि बलिदान दिन पछि हट्ने छैनौं।’
सभामा पार्टीका विभिन्न पदाधिकारीहरूलाई औपचारिक नियुक्ति पत्र वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement