सिक्किममा राष्ट्रीय तम्बाकुमुक्त युवा ३.० अभियाव शुरु

IMG-20251010-WA0144

गान्तोक: देशको राजधानी दिल्लीमा तम्बाकूमुक्त युवा अभियान ३.० शुरु भयो। यसबीच सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागको राज्य तम्बाकू नियन्त्रण कक्षले पनि गान्तोकस्थित स्वास्थ्य सचिवालयको सम्मेलन हलमा औपचारिक रूपमा तम्बाकूमुक्त युवा अभियान ३.० को शुरुवात गरेको छ। कार्यक्रममा राज्य सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो मुख्य अतिथिकारूपमा उपस्थित थिए। बक्सिङ फेडरेशन अफ इन्डियाका रेफरी प्रितम सिलाल अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै एनएचएमकी पीडीएचएस तथा मिशन निर्देशक डा. अनुषा लामाले युवा पुस्तालाई सुर्तिजन्य पदार्थको सेवन र यसको प्रभावबाट जोगाउनु पर्ने आवश्यकतामाथि जोड दिए। उनले जिल्लाका मुख्य कार्यकारी अधिकारीहरू र नोडल अधिकारीहरूलाई केन्द्रित गर्दै सुर्तिजन्य पदार्थ नियन्त्रण पहलहरूलाई सुदृढ पार्न कार्यक्रम कार्यान्वयन तयार गर्ने आग्रह गरे। सचिव छेवाङ ग्याछोले राज्यभरि सुर्तिजन्य पदार्थमुक्त वातावरणलाई दिगो र संस्थागत गर्ने महत्त्वमाथि प्रकाश पारे।

About Author

Advertisement