सिक्किममा भारतीय सेनाले बनायो १५० फिट लामो फुटब्रिज

IMG-20240624-WA0153

गान्तोक: भारी वर्षाका कारण सिक्किममा टिस्टा नदीको बहाव बढेको छ। लगातारको वर्षाका कारण सडकहरु बगेका छन् भने पुलहरु भाँचिएका छन्। सिक्किमका स्थानीय बासिन्दाहरू सुरक्षित आश्रयमा जान बाध्य छन्। यहाँ भारतीय सेनाका इन्जिनियरहरूले प्रभावित गाउँ जोड्न १५० फिट लामो फुट ब्रिज बनाएका छन्। यो फुटब्रिज टिस्टा नदीमा बनेको हो। सेनाका इन्जिनियरहरूले अत्यन्त प्रतिकूल मौसम र कठिन परिस्थितिमा आफ्नो अतुलनीय प्राविधिक सीप प्रदर्शन गरेका छन्। पुलको निर्माण ४८ घण्टाभन्दा कम समयमै सम्पन्न भएको थियो।

About Author

Advertisement