सिक्किमको सिङ्गिथाङमा पृथ्वी दिवस पालन

IMG_20230421_230318.jpg

नाम्ची: सिङ्गिङ सरकारी निम्न माध्यामिक स्कूलले आज पृथ्वी दिवस पालन गर्यो ।यस कार्यक्रममा स्कूलका संस्थापक सदस्य तामाङ मुख्य अतिथि रहेका थिए। पृथ्वीको सुरक्षाको महत्त्वलाई बुझाउँदै हातमा ब्यानर र प्ला कार्डहरू बोकेर स्कूलका विद्यार्थीहरूले नाम्चीको सेन्टर पार्क परिसर हुँदै आफ्नो स्कूलसम्म रेली गरे। रेली शुरू हुन भन्दाअघि लोयला कलेजकी विद्यार्थी रेशमा छेत्रीले पृथ्वी विषय कविता वाचन गरेकी थिइन्। शिक्षक तरूण राईले पृथ्वीको सुरक्षा गर्न कति महत्त्व छ, त्यस विषयमा बताएका थिए। यस विषयमा स्कूलका प्रधान अध्यापक प्रभारी योमिमा भोटियाले रेली आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थी नानीहरू र जन साधरणलाई पृथ्वीको महत्त्व, स्वच्छ पर्यावरणको महत्त्व बुझाउन रहेको बताइन्।

About Author

Advertisement