सिक्किमको मुख्यमन्त्रीद्वारा ७५ पूर्वाधार परियोजनाहरूको उद्घाटनलाई राष्ट्रिय सुरक्षा सुदृढ गर्नको लागि महत्त्वपूर्ण कदमको रूपमा प्रशंसा

unnamed-5

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलेले शनिबार केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) को रु० २,२३६ करोडको ७५ वटा पूर्वाधार परियोजनाको उद्घाटन गरेको ,बारेमा राष्ट्रिय सुरक्षा सुदृढ गर्न र सीमा क्षेत्रमा पूर्वाधारको विकासमा महत्वपूर्ण कदमको रूपमा रहेओ बताउँदै प्रशंसा गरेका छन्।

रक्षामन्त्रीले पश्चिम बंगालको सुकनास्थित त्रिशक्ति कोर मुख्यालयबाट परियोजनाहरूको उद्घाटन गरे, अनि सिक्किमको स्थानीय कार्यक्रम शेरेथाङमा आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक सिक्किमको कुपुप-शेरेथाङ सडकको उद्घाटन थियो, जुन जवाहरलाल नेहरू मार्ग र जुलुक अक्षहरू बीचको महत्त्वपूर्ण लिंकको रूपमा काम गर्दछ।

भर्चुअल उद्घाटनमा भाग लिएपछि आफ्नो फेसबुक पोस्टमा मुख्यमन्त्रीले लेखे कि देशभर विकसित ७५ रणनीतिक पूर्वाधार परियोजनाहरू मध्ये ६ वटा परियोजनाहरू सिक्किमका हुन्। परियोजनाहरूलाई केन्द्रको दुरदर्शी पहलका रूपमा प्रशंसा गर्दै उनले थप लेखे, ‘यो उपलब्धिले राष्ट्रिय सुरक्षा सुदृढीकरण र हाम्रो सीमावर्ती क्षेत्रमा पूर्वाधारको विकासमा महत्वपूर्ण कदम हो।‘

यो उल्लेख गर्न सकिन्छ कि यी परियोजनाहरू- २२ सडक, ५१ पुल र अन्य दुई- ११ सीमाना राज्यहरू/केन्द्र शासित प्रदेशहरूमा फैलिएका छन्। जम्मू-कश्मीरमा १९ (१९), अरुणाचल प्रदेशमा १८, लद्दाखमा ११, उत्तराखण्डमा नौ, सिक्किममा ६, हिमाचल प्रदेशमा पाँच, पश्चिम बंगाल र राजस्थानमा दुई–दुई र नागाल्याण्ड, मिजोरम र अण्डमान निकोबार द्वीपहरूमा एक एक रहेका छन्। -पीआईबी

About Author

Advertisement