गान्तोक: पश्चिम सिक्किमको टासीडिङ गुम्बामा मनाइने बुम्चु महोत्सव अति प्रसिद्ध रहेको छl विशेष गरि फरवरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातामा यो दुई दिनको बौध धर्मको पर्व अति नै भक्तिपूर्वक मनाइन्छl बुम्चु शब्दको अर्थ पवित्र पानीको पवित्र भाँडो हो। बुम्चु महोत्सव सिक्किमको एउटा मुख्य पर्व हो। यो पर्व धेरै संस्कार र धार्मिक कार्यक्रमहरूका साथमा मनाइन्छ। सिक्किमदेखि बाहिरका ठाउँहरूबाट यस पर्वमा कयौं मानिसहरू आउने गर्छन्l पर्यटकहरूका लागि यो पर्व विशेष आकर्षण रहेको छl










