सिक्किमकी अमृता राई ‘मेरो डान्स युनिभर्स’ को उपविजेता

IMG-20250824-WA0093

गान्तोक: नेपालको रियालिटी शो-मेरो डान्स यूनिभर्सकी पहिलो उपबिजेता बनेकी छन् गेजिङ जिल्लाको लुङचोम निवासी अमृता राई। यसरी नै गान्तोक लुम्से निवासी दिपराज राई मेरो भोइस यूनिभर्स प्रतियोगितामा पाँचौ स्थान ओगटन सफल बनेका छन्। नेपालको राजधानी काठमाडौंमा सम्पन्न भएको उक्त दुवै प्रतियोगितामा सिक्किम राज्यका दुई प्रतिभा दिपराज राई र अमृता राईले उत्कृष्ट प्रदर्शन गर्दै हिजो साँझ सम्पन्न भएको ग्रान्ड फिनालेमा उपस्थित दर्शक साथै निर्णायक मण्डलीको मन जित्न सफल बनेका छन्। इन्द्र फाउण्डेसनको पहलमा आयोजित यस प्रतियोगितामा नेपाल लगायत विदेशमा बस्ने नेपाली कलाकारहरूले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा राज्यका कलाकारहरूले सांस्कृतिक समृद्धिलाई मात्र उजागर नगरेर अन्तर्राष्ट्रिय मञ्चमा राज्यलाई गौरवान्तित तुल्याएको बताइएको छ। राज्यका प्रतिभाहरूलाई प्रोत्साहन गर्न विधायक लोकनाथ नेपाल, विकास बस्नेत, अध्यक्ष शेखर सेवा, अध्यक्ष टाशी भोटिया लगायत अन्य कलाकारहरु पनि उपस्थित रहेका थिए।

About Author

Advertisement