मनोज राईले “सिक्किमको पर्यटन उद्योगमा संगीत: एक खोजी अध्ययन’’ विषयमाथि पूरा गरे पीएचडी

IMG-20221115-WA0389.jpg

गान्तोक। सिक्किम आइडल सिजन एक जर्ज एवम गायक मनोज राई (याकु)-ले “सिक्किमको पर्यटन उद्योगमा संगीत: एक खोजी अध्ययन’’ विषयमाथि सिक्किम विश्वविद्यालयबाट पीएचडी पूरा गरेका छन्। सिक्किम विश्वविद्यालयको संगीत विभागका सह-प्राध्यापक डा. सुरेन्द्र कुमारको निर्देशनमा उनले यो पीएचडी पूरा गरेका हुन्। संगीत विभागका पूर्व प्राध्यापक पीटी सञ्जय बन्दोपाध्याय उनको पूर्व गाइड रहेका थिए भने दिल्ली विश्वविद्यालयको म्यूजिक एण्ड फाइन आर्टका सदस्य प्राध्यापक ओजेस प्रताप सिंह वर्तमानमा बाह्य विशेषज्ञ रहेका थिए। यसरी नै सिक्किम विश्वविद्यालयको पर्यटन विभागका वरिष्ठ सह-प्राध्यापक डा. जिग्मी भोटिया, शान्ति र द्वन्द्व विभागका प्राध्यापक नवल कुमार पासवान अनि पर्यटन विभागका वरिष्ठ सह-प्राध्यापक डा. अमित कुमार सिंह आन्तरिक विशेषज्ञहरू रहेका थिए। जानकारी गराइन्छ, लोवर सिच्छे निवासी पिता मनबहादुर राई अनि माता विष्णु माया राईका सुपुत्र मनोज राई राज्यका स्थापित गायक हुन्। उनले रियाज संगीतालय नामक सांगीतिक संस्थानको स्थापना गरेका छन् भने त्यसका उनी स्वयं निदेशक पनि हुन्। टाशी नामग्याल सीनियर सेकेण्डेरी स्कूल गान्तोकबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि उनले भारतीय शास्त्रीय संगीत (भोकल)-मा विश्व भारती विश्वविद्यालयबाट संगीतमा स्नातक अनि स्नातकोत्तर गरेका थिए।

About Author

Advertisement