उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग सिक्किमका राज्यपाल आचार्यको सौहार्दपूर्ण भेट

IMG-20230415-WA0357.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज उत्तर प्रदेशको लखनऊमा प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसित भेट गरे। यस भेट अवधि राज्यपाल आचार्य अनि मुख्यमन्त्री योगीले सिक्किम अनि उत्तर प्रदेशसँग सम्बन्धित पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य आदि धेरै विकासका विषयहरूमाथि सार्थक चर्चा गरे। यस क्रममा दुवै राज्यहरूमा यी क्षेत्रलाई बढ़ावा दिनको निम्ति विभिन्न योजनाहरूबारे पनि चर्चा गरियो। राज्यपाल अनि मुख्यमन्त्री आदित्यनाथको भेटवार्ताको क्रममा दुवै राज्यमाझको सम्बन्धलाई प्रगाढ़ बनाउन अनि विभिन्न क्षेत्रमा सहयोग एवं सम्भावनाहरूको अवसरहरू पत्तो लगाउने विषयमाथि चर्चा गरियो। योसँगै देशहितमा दुवै राज्यलाई अझ अघि बढ़ाउनुपर्ने विषयमाथि पनि दुवैमाझ चर्चा भयो।

About Author

Advertisement