गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सेना दिवसमा सिक्किमले भारत राष्ट्रको रक्षा गर्न अडिग समर्पणका साथ खडा रहने वीर सैनिकहरूको अटुट साहस, अनुशासन र सर्वोच्च बलिदानप्रति सलाम अर्पण गरेको सामाजिक संजाल मार्फत व्यक्त गरे।
मुख्यमन्त्रीले संजालमा विर सनिकहरूको निस्वार्थ सेवा, दृढता र कर्तव्यप्रतिको प्रतिबद्धताले प्रत्येक नागरिकलाई प्रेरित गरेको र देशभक्तिको वास्तविक अर्थ सम्झाएको उल्लेख गरे र राष्ट्रको सार्वभौमिकताको रक्षा गर्दै शान्ति र सुरक्षा सुनिश्चित गर्ने नायकहरूप्रति सिक्किम सदैव कृतज्ञ रहने बताए।










