सिकिप खण्डमा स्वच्छता नै सेवाको ब्यानरमा सर-सफाई अभियान सम्पन्न

IMG-20220916-WA0160.jpg

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत सिकिप खण्ड लगायत यस अधीनस्थ रहेका सबै ग्राम पञ्चायतद्वारा आज स्वच्छता नै सेवाको ब्यानरमा सफाई अभियान सम्पन्न भयो। यस अभियानमा सम्बन्धित विभागका अधिकारीहरू, कर्मचारीहरू लगायत अन्यको सहभागिता रहेको थियो। ग्राम स्तरमा ग्राम पञ्चायत केन्द्रका कर्मचारीहरूले यस अभियानमा हात बढ़ाएका थिए।

सिकिपका खण्ड विकास अधिकारीद्वारा अभियानबारे संक्षिप्तमा जानकारी गराइएपछि सिङ्गल युज्ड प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको अभियान सफल पार्ने संकल्प गरियो। कार्यालय परिसरको सर-सफाई अनि प्लास्टिक फोहोर छुट्याउने कार्य गरियो।

About Author

Advertisement