सिकाले पालन गऱ्यो ३८औं स्थापना दिवस

IMG-20250508-WA0261

सोरेङ: सिक्किम क्रिकेट एसोसिएशन (सिका) ले आज सोरेङ जिल्लास्थित श्रीबदाममा ३८औं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा विद्युत विभागका सल्लाहकार एवं विधायक सञ्जीत खरेल मुख्य अतिथिकारूपमा उपस्थित थिए। साथमा रिञ्चेनपोङ निर्वाचन क्षेत्रका विधायक तथा सडक एवं पुल विभागका सल्लाहकार इरुङ तेञ्जिङ लेप्चा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष तिलादेवी गुरुङ, जिल्लापाल धीरज सुवेदी, सिक्किम क्रिकेट एसोसिएसनका अध्यक्ष टिका सुब्बा लगायत अन्यहरूको उपस्थिति थियो। उक्त अवसरमा सोरेङ जिल्लाका मोठ २२ वटा स्कूलका विद्यार्थीहरूले सहभागिता जनाएका थिए, भने क्रिकेट खेलमा अभिप्रेरित गर्न सिक्किम क्रिकेट एसोसिएशन र जिल्लापाल सोरेङ एकादशबीच मैत्रीपूर्ण म्याच आयोजन गरिएको थियो। यस खेलमा जिल्लापाल एकादशले सोरेङले सिकालाई पराजित गरेको थियो। जिल्लापाल एकादशको तर्फबाट सर्वाधिक रन तेजकुमार दाहाल र टीम कप्तान जिल्लापाल धीरज सुवेदीले बनाएका थिए।

About Author

Advertisement