सिंगेल चियाबारीमा संसारी पूजाको आयोजना

IMG-20250503-WA0256

खरसाङ: खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरा ग्राम सुधार समितिद्वारा संसारी पूजाको आयोजना गरेको छ। सिंगेल चिया बगान अन्तर्गत कोठीधुरा ग्राम सुधार समितिले विगत वर्षहरूमा झैं शनिबार संसारी पूजाको आयोजना गरेको छ। गाउँ घरमा सुख शान्तिको कामनासितै प्राकृतिक प्रकोप, हैजा अनि अकाल मृत्युबाट मानिसहरूलाई सुरक्षित राख्नको निम्ति एवं खड़ेरीदेखि जोगाउन प्रत्येक वर्षको फागुन, चैत र वैशाखको मौसममा यो पूजाको आयोजना गर्ने परम्परा रहेको छ। सिंगेलका मानिसहरू चिया बगानमा आश्रित भएको कारण वर्षाको ठूलो भूमिका रहेको हुनाले खड़ेरी नपरोस् तथा पानीको कमीले कमान अनि श्रमिकहरूलाई नराम्रो असर नपरोस् भनी पूजा गरिने प्रथा रही आएको गाउँका केही वृध्द मानिसहरुको भनाइ रहेको छ।

पूजापछि गत वर्ष माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससी परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरू लगायत केही दिन अघि सचेतना कार्यक्रम आयोजना गरेकोमा माटोको माया फाउण्डेशन, दार्जीलिङलाई पनि सम्बर्द्धना गरियो भनी सिंगेल चियाबारीबाट देवेन थापाले जानकारी गराएका छन्‌‌।

About Author

Advertisement