सिंगेल चियाबारीको बाटो चाढै बनाई दिनु पर्ने स्थानीयहरुको मांग

IMG-20250609-WA0206

खरसाङ: खरसाङको सिंगेल चियाबगान अन्तर्गत एनएच ११० देखि पाँचधुरा गाउँसम्म रहेको २.२ किलो मिटरको बाटो चाढै बनाउनु पर्ने मांग स्थानीयहरुको रहेको छ। धेरै वर्षदेखि जीर्णावस्थामा रहेको सिंगेल चियाबारीको बाटो अहिले निकै खराब भईसकेको छ।अहिले यस रोडको मरमत्तिको कार्य चलिरहेको छ। तर मरमत्तिको कार्य देखिएता पनि त्यो कुनै सरकारी हिसाबमा भएको होइन भनेर सबैलाई थाहा भएको स्थानीय सन्तोष तामाङले बताएका छन्। उनले सिंगेल चियाबारीको रोडको मरमत्तिको कार्य स्पेसियल विभागले गर्दैछ भनेर भनिएको छ। तर अहिलेसम्म, यो विभागमा कुनै कागजन पत्र चलेको छैन भन्ने कुराहरू सुनिरहेका छौँ भनी बताएका छन्‌। उनले भने, केही दिन अघि यो कामको इस्टीमेट नै फर्किको कुरा सुन्न थालिएको छ। सिंगेल चियाबारी अनि अन्य ठाउँका मानिसहरू यो बाटो हिँड्ने गर्छ। सबैभन्दा दु:ख त स्कूलको नानीहरूलाई भईरहेको छ।‌ किनभने कुनै पनि दिन दुर्घटना हुन सक्ने हालत भईसकेको छ। स्थानीय मानिसहरूलाई यो बाटोबाट धेरै असुविधा भईरहेको छ।‌’
सन्तोष तामाङले अघि भने, केही दिन अघि परेको पानीले गर्दा बाटो चिप्लो भएर एउटा स्कूलको गाडी, भित्तामा पसेको थियो। त्यस बेला नानीहरूलाई सुरक्षित निकाल्न सकियो।‌ यस्तो घटना अझैं पनि हुन सक्छ। यसको जिम्मेवारी कसले लिने? कति मोटरसाइकल अनि स्कुटीहरू लडेर हात खुट्टा बिगारी सकेको छ।

यो बाटोमा गोटे गाडी चलाउने चालक दाजुभाइले दिन प्रतिदिन जस्तो स्प्रिङ भाँचेको देखिएको छ‌।‌ यस्तो हालतमा बजारको कुनै अरू गाडी सिंगेल जान मान्दैनन्। सिंगेलको नाम सुन्नसाथ बजारको गाडीहरू भाग्न थाल्छ। यस्तो हालतमा आफ्नो लगानी लगाएर कहिलेसम्म काम गर्ने हो? सिंगेलवासीको निम्ति अब जीटीएको मुख्य कार्यपाल अनित थापाले यस विषययलाई गम्भीरतापूर्वकक लिएर छिटोभन्दा छिटो कामलाई अघि बढाई दिन्छ भन्ने आशा साँचेका छौँ।

About Author

Advertisement