सिँचाई मन्त्रीद्वारा कालचिनी र कुमारग्राम खण्डमा नदीका बाँधहरु निरीक्षण

0-01d51051-3db5-496d-9ede-e57d95de503b

कालचिनी: पश्चिम बङ्गाल राज्य सरकारको सिँचाई मन्त्री पार्थ भौमिकले कालचिनी खण्डको दलसिंहपाड़ा संलग्न तोर्षा नदीको बाँध र नदीको कटावको निरीक्षण गरे। यस क्रममा तिनीसित राज्य मन्त्री सबिना यासमिन लगायत तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक, उत्तर बङ्गाल विकास पर्षदका भाइस‌ चेयरम्यान मृदुल गोस्वामी, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती एवं अन्यान्य नेतृत्वहरुको उपस्थिति साथै सिँचाई विभागका अधिकारीहरुको पनि उपस्थित थिए।

शुक्रबार नै अलिपुरद्वार आईपुगेका सिँचाई मन्त्री पार्थ भौमिकले डुवर्सकन्यामा प्रशासनिक बैठक गरेको थियो भने शनिबार बिहान तिनी कालचिनी खण्डको दलसिंहपाड़ा संलग्न तोर्षा नदीको बाँध र नदीको कटावको निरीक्षण गर्न आइपुगेको थियो। तोर्षा नदीको निरीक्षण पश्चात मन्त्री कुमारग्राम खण्डको घोलानी, कुलकुले र रायडक नदीको निरीक्षण गर्न पुगेको थियो। यस निरीक्षणको क्रममा मन्त्री पार्थ भौमिकले नदीको कटावलाई प्रतिरोध गर्ने उपाय र यसलाई वन विभागसित पनि कुरा गरेर कसरी यसको रोकथाम गर्न सकिन्छ यसबारे मन्त्रालयमा बसेर ठीक गरीने साथै नदीको पानीलाई सिँचाईमा कसरी ल्याउन सकिन्छ त्यसबारे परिकल्पना तयार गरीने जनाएका छन्। यस क्रममा मन्त्री पार्थ भौमिकले स्थानीय गाउँलेहरुसित पनि भलाकुसारी गरे।

About Author

Advertisement