साहित्य कला संस्थान तीनधारेको आयोजनामा देवकोटा जयन्ती पालन

IMG-20221025-WA0173.jpg

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा आज मंगलबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्ती पालन गरिएको छ। तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा सम्पन्न उक्त देवकोटा जयन्तीको कार्यक्रमलाई साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीले अध्यक्षता गरेका थिए भने मूल सचिव सन्तोष लामाले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा सभाध्यक्ष लगायत संस्थानको पदाधिकारीहरू र सदस्यहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी विषयमा संस्थानको उपाध्यक्ष दिपक प्रधानले विस्तृत रुपमा बताएका थिए भने संस्थानको संरक्षक मदनकुमार प्रधानले महाकवि देवकोटा विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा बरूण रसाईलीले देवकोटाको कविताहरू वाचन गरेका थिए भने सभाध्यक्ष रञ्जनकुमार रसाईलीले आफ्नो अध्यक्षीय सम्भाषणसितै धन्यवाद ज्ञापन गरेका थिए भन टी साहित्य कला संस्थानको सचिव सन्तोष लामाले जानकारी गराएका छन्।

About Author

Advertisement