साहित्यको निम्ति नोबेल पुरस्कार घोषणा

French-author-Annie-Ernaux-Nobel-prize.jpg

स्टकहोम: बिहीवार साहित्यको निम्ति नोबेल पुरस्कार घोषणा गरियो। फ्रान्सीसी लेखिका एनी एरनक्सलाई साहित्यको नोबेल पुरस्कार प्राप्त भएको छ।
विश्वमा विज्ञान, साहित्य, चिकित्सा र शान्तिको क्षेत्रमा काम गर्नेहरूलाई नोबेल पुरस्कारको घोषणाको प्रतीक्षा रहने गर्दछ। यो पुरस्कार यी क्षेत्रहरूमा वैश्विक रूपमा श्रेष्ठ मान्यताको प्रतीक मानिन्छ। बिहीवार साहित्यको निम्ति नोबेल पुरस्कारको घोषणा भयो।
रोयल स्वीडिश एकेडमी अफ् साइन्सेजले फ्रान्सीसी लेखिका एनी एरनक्सलाई वर्ष २०२२ को निम्ति साहित्यको नोबेल पुरस्कार दिने घोषणा गरेको छ। उनलाई व्यक्तिगत स्मृतिको प्रारम्भिक अवस्था, व्यवस्था र सामूहिक प्रतिबन्धहरू उजागर गर्ने साहसका लागि यो पुरस्कार प्रदान गरिएको हो।

About Author

Advertisement