साहित्यकार सुरेन्द्र थीङलाई विकास गोतामे स्मृति पुरुस्कार प्रदान

IMG-20250713-WA0087

मङ्पू: वरिष्ठ साहित्यकार सुरेन्द्र थीङलाई विकास गोतामे स्मृति पुरुस्कार प्रदान गरिएको छ। आज मङ्पुको रबिन्द्र भवनमा पश्विम बङ्गाल श्रमिक कल्याण केन्द्र परिषद उत्तर बङ्गाल क्षेत्रको आयोजनामा २११औं भानुजयन्ती समारोह बिदुर कार्कीको अध्यक्षतामा सम्पन्न भयो। रबिन्द्र श्रमिक कल्याण केन्द मङपूका प्रमुख सदुमा छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रममा मङपू वरिपरि सरकारी विद्यालयहरुमाझ कविता प्रतियोगिता सम्पन्न भयो। लाब्दा खास निम्न उच्च माध्यमिक विद्यालय अनि अगमसिंह गिरी निम्न उच्च माध्यमिक विद्यालयका नानीहरुले रामायण पाठ गरे भने छात्रा डोमा तामाङले गीत प्रस्तुत गरिन्।पुष्कर सिङ्गरले सञ्चालन गरेको कार्यक्रममा मङ्पू वरिपरिका सरकारी विद्यालयहरुमाझ कविता प्रतियोगिता सम्पन्न भयो जसमा रन्जुभेल्ली निम्न उच्च माध्यमिक विद्यालयका छात्रा एस्तर तामाङले प्रथम स्थान ओगट्न सफल भए भने अगमसिंह गिरी विद्यालयका छात्रा स्मृति राईले संयुक्त रूपमा बराबरी अंक ल्याएर दोस्रो स्थान हाँसिल गरे भने अगमसिंह गिरी विद्यालयका छात्रा स्नेह राईले तेस्रो स्थान हाँसिल गर्न सक्षम बने। यसरी नै अन्तर प्राथमिक पाठशाला बस अनि चित्र बनाउएऊ प्रतियोगिताको सिनियर समुहमा श्रीदेश राई लाब्दा निम्न उच्च माध्यमिक विद्यालय प्रथम, लायाङ तामाङ दोस्रो,पाल्साङ तामाङ तेस्रो, रन्जुभेल्ली निम्न उच्च माध्यमिक विद्यालय बन्न सफल भए। यसरी जुनियर समुहमा प्रथम अभि राई राची मेमोरियल प्राथमिक पाठशाला,दोस्रो दोर्जी तामाङ लाब्दा खास जुनियर बेसिक स्कुल,तेस्रो आफिया राई राचीमेमोरियल प्राथमिक पाठशाला। बिजय प्रतियिगीहरुलाई समारोहका प्रमुख अतिथि सभासद रतन थापा,विशिष्ट अतिथिहरु एस.बिश्वास डेपुटी वेलफ्यार कमिसनरेट, जीटीए पीआरओ बिज्ञान मिश्र अनि सभापति बिदुर कार्की अनि रोङचोङ अनि लाब्दा ग्राम पन्चायत प्रधान ममता थापा अनि सरोजनी राईको बाहुलीबाट पुरुस्कार हस्तान्तरण गरियो।आजको समारोहमा नै मङ्पू साहित्यिक संस्थानको पक्षबाट प्रथम विकास गोतामे स्मृति पुरुस्कार साहित्यकार सुरेन्द्र थीङलाई प्रदान गरियो। उक्त कार्यक्रमको सञ्चालन शरद रावतले गरेका थिए।

About Author

Advertisement