साहित्यकार सीपी शर्मा भक्त राई स्मृति पुरस्कारद्वारा अलङ्कृत

IMG-20250112-WA0274

गान्तोक: सिक्किमका साहित्यकार चन्द्रप्रकाश शर्मा भक्त राई स्मृति पुरस्कारद्वारा सम्मानित भएका छन्। शनिबार असमको विश्वनाथ महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक भव्य समारोहबीच सिक्किमका साहित्यकार शर्मालाई कवि भक्त राई स्मृति पुरस्कार २०२४-ले पुरस्कृत गरिएको हो। स्वतन्त्रता सङ्ग्रामी प्रसादसिंह सुब्बा स्मृति अकादमी, असमको पहल र कवि भक्त राई स्मृति मण्डप, सिलगढीको सहयोगमा आयोजित उक्त कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो। कार्यक्रम शर्मासहित ज्ञानबहादुर छेत्री र डा. चिन्तामणि शर्मालाई पनि उक्त पुरस्कारले पुरस्कृत गरिएको थियो। यो पुरस्कार वरिष्ठ साहित्यकार तथा महाकवि मोहन दुकुनका भाइको नाममा राखिएको पुरस्कार हो। यसरी नै कार्यक्रममा प्रेम तामाङलाई स्वतन्त्रता सङ्ग्रामी प्रसादसिंह सुब्बा स्मृति पुरस्कार २०२५-ले पुरस्कृत गरिएको थियो। कार्यक्रममा असमका वरिष्ठ विद्वान् विदुषीहरूको बाक्लो उपस्थिति रहेको थियो। उल्लेख्य, साहित्यकार शर्माले साहित्यका विभिन्न विधामा सक्रियरुपमा कलम चलाएका छन्। हाल उनी सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार हुन्।

About Author

Advertisement