साहित्यकार सीपी भट्टराई दार्जीलिङमा अभिनन्दित

IMG-20240824-WA0266

गान्तोक: वरदान सम्मान समूह, दार्जीलिङको छैटौँ स्थापना दिवसको अवसरमा आज नेपाली साहित्य सम्मेलन, दार्जीलिङको सुधपा प्रेक्षालयमा पुस्तक लोकार्पण र वरदान सम्मान पुरस्कार अलङ्करण र विशिष्ट सम्मान कार्यक्रम आयोजना गरिएको थियो। गायिका सोनु राईको अध्यक्षता र युनोस लेप्चाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सिक्किमका वरिष्ठ साहित्यकार एवं इतिहासकार टीबी चन्द्र सुब्बाको ‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास: संस्कृति र परम्परा’ नामक पुस्तकको लोकार्पण गरिएको थियो। यसरी नै साहित्यिक, साङ्गीतिक, पत्रकारिता, शैक्षिक, खेलकुद आदि क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मान जनाइएको थियो। यसै क्रममा साहित्यकार नगेन्द्र गोर्खा, चित्रकार सुवास छेत्री, पत्रकार रूवेन गुरुङ र नाट्यकर्मी कमला लेप्चालाई सम्मान जनाइएको थियो भने गायक संयोजक जीवनप्रकाश प्रधान, गायक/सङ्गीतकार उत्तममणि बम्जन, शब्दका, बालकृष्ण थामी र टेबल टेनिस खेलाडी गौतमकुमार छेत्रीलाई विशिष्ट सम्मान जनाइएको थियो।
कार्यक्रममा सिक्किमका वरिष्ठ साहित्यकार चन्द्रप्रकाश भट्टराईले आफ्नो सम्बोधनको क्रममा सिक्किम र दार्जिलिङ बिचमा रहेको गहिरो साहित्यिक र सांस्कृतिक सम्बन्धबारे कुरा राखे। उनले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानलाई मूल्याङ्कन गर्दै कार्यक्रममा उनलाई विशिष्ट सम्मानले पुरस्कृत गरिएको थियो।

About Author

Advertisement