मिरिक: मिरिक डुप्टिनका एक शिक्षाविद तथा साहित्यकार पूर्ण बान्तावाको निधनमा हाम्रो डुप्टिन पत्रिका परिवारद्वारा शोक समवेदना प्रकट गरिएको छ। आज स्वर्गीय बान्तावाको निजी निवासमा पुगेर उनको परिवारका सदस्यहरूसँग भेटघाट गर्दै समवेदना प्रकट गरियो। यस क्रममा हाम्रो डुप्टिन पत्रिकाका प्रकाशक भूतपूर्व कप्तान मिलन चोङबाङ, प्रमुख सम्पादक विष्णु कुमार बराईली, सदस्यहरू बालकुमार घिमिरे, राजु सुब्बा, शर्मिला राई, आनन्दमाणि सुब्बा, सेनकुमार सुब्बा, जसुदा राई, किरण भुटिया सुब्बा, मुस्कान राई खेसहाङ आदि उपस्थित थिए। पत्रिकाका प्रमुख सम्पादक विष्णुकुमार बराईलीले सञ्चालन गरेको कार्यक्रममा स्वर्गीय पूर्ण बान्तवाको आत्माशान्तिको कामना गर्दै एक मिनटको मौन धाराण गरियो। मुस्कान राई खेसहाङले समवेदना पत्र पठन गरे भने पत्रिकाका प्रकाशक भूतपूर्व कप्तान मिलन चोङबाङ अनि सदस्य बालकुमार घिमिरेको बाहुलीबाट स्वार्गीय बान्तावाको परिवारलाई समवेदना पत्र हस्तान्तरण गरे। स्वर्गीय पूर्ण वान्तवा हाम्रो डुप्टिन पत्रिका परिवारको एक अभिभावक रहेको र पत्रिका परिवारलाई दिएको योगदानको कदर गर्दै पत्रिकाको छैटौ अङ्क पूर्ण बान्तावा विषेशाङ्कको रूपमा प्रकाशित गरिने प्रमुख सम्पादक विष्णुकुमार बराईलीले जानकारी गराएका छन्।









