साहित्यकार एलएस योञ्जन पञ्चतत्वमा विलिन

IMG-20230516-WA0273.jpg

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत लिङ्चोम निवासी एलएस तामाङ पञ्चतत्वमा विलिन भए। गत १४ मईको दिन उनको निधन भएको हो भने आज तामाङ्को पार्थिव शरीरलाई चेरिजी नजिकको घाटमा बौद्ध संस्कार साथै साई मण्डलीको मन्त्रवाचन गरि संस्कार गरियो। लैनसिङ तामाङ लिङ्चोम गाउँका प्रणेता एवं युगपुरुष हुन्। उनको निधनले उनको परिवारसँगै सारा गाउँ शोकमा डुबेको छ।

तामाङले आफूपछि पत्नी,तीन छोरी,एक छोरा,बुहारी नाति,नातिनीलाई छोडेर गएका छन्।

आज उनको अन्तिम यात्रामा शोकाकुल परिवारप्रति सहानुभूति प्रकट गर्दै उनको शवयात्रामा सहभागिता जनाउदै दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गर्न हजारौं संख्यामा मानिसहरु भेला भएका थिए।

लिङ्चोममा सर्बोदय समाजको नामकरण गरेर समाज स्थापना गर्नु पर्छ भन्ने व्यक्ति, एक असल गायक, वाध्यबादक, संगीतकार, कवि, समाजका निर्माता, साहित्यकार हुन्। राष्टिय शिक्षा पुरस्कारले पुरस्कृत तामाङ स्कूलमा धुनको आधारमा शारीरिक व्यायाम शुरु गर्ने सिक्किमका पहिलो व्यक्ति हुन।

About Author

Advertisement