सासंद राजु बिष्टद्वारा स्वाधीनता सेनानी कृष्ण बहादुर मुखियाको  प्रस्तावित शालिग निर्माण स्थलमा निरीक्षण

IMG-20230320-WA0156.jpg

मिरिक: गोपालधारामा निर्माणाधीन स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको पूर्णाङ्ग शालिग निर्माण स्थलमा सांसद राजु  बिष्टले आइतबार स्थलगत निरिक्षण गरे। साहित्यकार माधव बुढाथोकीले सांसदलाई स्वाधीनता सेनानी मुखिया गोपालधाराको रहेको जानकारी दिँदै गोपालधारा अप्पर कोठी गाउँमा नै उनको शालिग हुनपर्ने विषयमा जानकारी गराएl कृष्ण बहादुर मुखियाको बाल्यकाल गोपालधारामा बितेको र उनको परिवार गोपालधारा अप्पर कोठी गाउँमा थिए भन्ने जानकारी दिए। सांसद राजु बिष्टले कृष्ण बहादुर मुखिया जस्तो स्वाधीनता सेनानी जो आजाद हिन्द फौजका प्रमुख सुवास चन्द्र बोसको निकट रहेको र उनका सुरक्षा सेवामा खटेका चालक थिएl ‘उनको पवित्र पैतृक भूमिमा पाइला टेक्न पाउँदा अत्यन्त भाव विह्वल बनेको छुl कृष्ण बहादुर मुखिया जस्ता वीर स्वाधीनता सेनानीको योगदानले हामी भारतमा विदेशी होइनौं, हामीले पनि आधुनिक भारतको निर्माणमा अरुले जतिकै योगदान दिएका छौं भन्ने प्रमाण दिन्छ । तर आज हामीलाई नेपालबाट आएका, काँडे तारबाट छिरेका शरणार्थी बनाउने षढयन्त्र चलिरहेको छ, यसको म घोर विरोध गर्छु। भारतमा रहेका गोर्खाहरूको निम्ति दिलोज्यान दिएर काम गरिरहनेछु’, उनले भने। आजको यो भ्रमण बारेमा कृष्ण बहादुर सुनवार मुखियाको योगदान बारेमा संसदमा कुरा उठाउने साथै स्वाधीनता सेनानी मुखियालाई भारतको सर्वोच्च सम्मान पद्मश्रीले विभूषित गरिनुपर्छ भन्ने आवाज उठाउने उनले वचन दिए। उनले शालिग निर्माण स्थलदेखि स्वाधीनता सेनानीको पैतृक भूमिसम्म गएको बाटोलाई स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखिया पथ नामाकरण गरिएकोमा खुशी व्यक्त गर्दै यहाँ कृष्ण बहादुर मुखिया जनता भवन बनाउन सांसद कोषबाट रकम प्रदान गर्ने घोषणा पनि गरे। आफू अस्वस्थ रहेर पनि गोपालधारामा आइपुग्दा थप ऊर्जा प्राप्त भएको बताएl उनले गोपालधाराको एकमात्र पुरानो शिवालय मन्दिरको जीर्णोद्धारको निम्ति पनि रकम प्रदान गरे साथै शालिग निर्माणमा सहयोग पुर्याउन आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्दा जनताले करतल ध्वनीले उनलाई समर्थन जनाए। सभालाई पुकार भण्डारीले संचालन गरेका थिए। शालिग निर्माण कमिटिका सचिव वाङडुप तामङले सांसदलाई  शालिग निर्माणको पक्षमा याददास्त बुझाए। भाजपा सियोक गोपालधारा मण्डलका प्रमुख अमीत छेत्रीले धन्यबाद ज्ञापन गरे। सांसद राजु बिष्टको गोपालधारा भ्रमणको निम्ति मण्डल सभापति अमित छेत्रीलाई भाजपा केन्द्रीय सदस्य हरिप्रसाद निरौलाको अत्यन्त प्रयास रहेको थियो भने गोपालधाराको प्रत्येक गाउँबाट जनताको बाक्लो उपस्थितिले बिष्टलाई बाटोदेखि नै खदा मालाले स्वागत गरे।

About Author

Advertisement