सालबारी: धार्मिक समारोह भव्य रुपमा मनाइने

00-1-A-IMG-20230906-WA0282

सिलगढी: त्रिरत्न गुम्बा, सालबारीका मुल धर्मगुरु डा. नवाङ थिन्ले ग्यात्सो रिम्पोछेले  धेरै दिनदेखि सालबारीवासीसहित दार्जीलिङ जाने यात्रीहरुलाई आशिर्वाद स्वरुप  साङ्गे होपामे (अमिताभ बुद्ध), चेन्रेजिग (अवलोकितेश्वर) र गुरु रिम्पोछे (गुरु पद्मसम्भव)को तीनवटा मूर्ति तेन्जिन नोर्गे सडकतर्फ  किनारमा राखिने विचार गरेका थिए। उनको उदारताले गर्दा  आज यी तीनवटा मुर्तिहरुमा प्राण प्रतिष्ठा (जुङ भरिने) गरिने कार्यक्रम चलिरहेछ।  तसर्थ १७ सेप्टेम्बर २०२३ मा धेरै लामा गुरुहरूको साथमा पुजा अर्चना गरि प्राण प्रतिष्ठा (राप्ने)  गरिनेछ। यसैले यस  धार्मिक समारोह भव्य रुपमा मनाइने भएको छ।  यस शुभ अवसरमा श्रद्धेय डा.  नावाङ थिन्ले ग्यात्सो रिम्पोछेले यस भेगको सबै म्हानिपा संघका सदस्यहरूलाई बिहान १० बजे त्रिरत्न गुम्बा, सालबारीमा एउटै मञ्चमा म्हाणि म्होल्हम गर्न आमन्त्रण गरेका छन्। 

About Author

Advertisement