सालबारीमा बद्रीनाथ मन्दिरको ढाँचामा गणेश पुजा पण्डालको निर्माण कार्य जारी

सिलगढी: गणेश पुजा आउनै लागेको छ। गणेश चतुर्थीलाई लिएर सिलगढीमा उत्साहको माहौल देखापरेको छ। बप्पाको आगमनको लागि तयारी शुरू भइसकेको छ। सिलगढीको सालबारी गणेश पुजा कमिटीले यस वर्ष बद्रीनाथ मन्दिरको थिममा गणेश पुजाको पण्डाल तयार गरिरहेको छ। यस वर्ष उक्त कमिटीको गणेश पुजाले ८औं वर्षमा पाइला टेकेको छ। यस विषयमा सालबारी गणेश पुजा कमिटीको तर्फबाट बताए अनुसार बद्रीनाथ मन्दिरको थिममा पुजा पण्डालको निर्माण गरिरहेको छ। यस वर्ष शहरवासीले गणेश पुजाको माध्यमद्वारा बद्रीनाथ मन्दिरको दर्शन गर्नेछन्। पाँच दिनको पुजा अवधि विविध सांस्कृतिक कार्यक्रम साथै भण्डारेको पनि व्यवस्था गरिएको छ। रङ्गारङ्ग कलश यात्राको माध्यमद्वारा पुजाको शुरुआत गरिनेछ।

About Author

Advertisement