सालको काठसितै एकजना पक्राउ

srthu.png

बाघडुग्रा: धेरै मात्रामा सालको काठसितै एकजना तस्करलाई पक्राउ गरियो छ। पक्रा परेका व्यक्तिको नाम अख्तार अली बताइएको छ। तिनी फाँसीदेवाको लिचुपाखरी निवासी हुन्। बाघडुग्रा रेञ्जका वनकर्मीहरूले सिलगढीको दार्जिलिङ मोड तथा पाथरघाटा इलाकामा नाका चेकिङ अभियान चलाएर एउटा आलु बोकेको पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा अधिक मात्रामा साल काठ उद्धार गरेको बताइएको छ। उद्धार गरेको काठको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ तोकेको छ। बाघडुग्रा वन विभागका रेञ्जर सोनम भुटियाले बताएअनुसार सेभोकबाट बिहारमा तस्करी गर्ने उद्देश्यले उक्त काठ लगिरहेको थियो। आलुको बोरामुनिबाट काठ उद्धार भएको छ। घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement