सार्दोङ विद्यालयमा सचेतना कार्यक्रम आयोजित

15110241_1220357248039077_6198986605043230574_o.webp

गान्तोक: सोरेङ जिल्ला बाल संरक्षण यूनिटको पहलमा सार्दोङ माध्यमिक विद्यालयमा एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता एससीपीसीआरका नोडल अधिकारी रोशनिला गुरूङले गरेकी थिइन्। कार्यक्रममा डेपुटी एसपी साबित्री प्रधान, डीसीपीओ भावना सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बाल संरक्षण अधिकारी भावना सुब्बाले पोक्सो एन २०१९, बाल अधिकार लगायत अन्य विभिन्नबारेमा जानकारी गराइन्। उनले विद्यार्थीहरूलाई ड्रग्सविरूद्ध साथै मानव तस्करीविरूद्ध क्लब गठन गर्ने सुझाउ दिइन्। क्लबको गठनको मुख्य उद्देश्य बालबालिकालाई उनीहरूको अधिकारबारेमा सचेत गराउनु र बाल दुर्व्यवहार र बेचबिखनका डरलाग्दो समस्याहरू विरुद्ध लड्न रहेको बताइन्। यसै क्रममा नोडल अधिकारी रोशनिला गुरूङले जुविनायल जस्टिस एक्ट २०१५, साइबर क्राइम, बाल दुर्यव्यवहर लगायत बाल बालिका सम्वन्धि जानकारी गराइन्।

About Author

Advertisement