सारदा चिटफण्ड मामिलामा शुभेन्दुका भाईलाई बंगाल पुलिसबाट नोटिस

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगाल पुलिसले करोड़ौं रूपियाँको सारदा चिटफण्ड मामिलामा सोधपुछको निम्ति पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीका भाई सौमेन्दु अधिकारीलाई नोटिस पठाएको छ। सौमेन्दु अधिकारीलाई बिहिवार दिउँसो नै पूर्व मेदिनीपुर जिल्लाको कोन्टाई पुलिस स्टेशनमा उपस्थित हुनलाई भनिएको थियो।

उनलाई कोन्टाई नगर पालिकाबाट पोन्जी मामिलासित सम्बन्धित केही फाइलहरूको चोरीको सम्बन्धमा नोटिस पठाइएको छ। आरोप छ कि यो चोरी तब भयो जब उनी नगर पालिकाको अध्यक्ष थिए। पुलिसले उनलाई मामिलामा सोधपुछको निम्ति यो तेस्रो पल्ट बोलाएको छ। उनी पछिल्ला दुई अवसरमा सोधपुछको निम्ति पेश भएका थिए।

उनले यस पाली पनि नोटिसको सम्मान गर्ने बताउँदै सौमेन्दुले भने, उनलाई छह महिनाको अन्तरालपछि अनावश्यक रूपमा फेरि बोलाइएको छ। यस मामिलामा पुलिसको साथ सहयोग गर्ने अदालतको आदेश छ, यसैले म निश्चित रूपमा पुलिसको नोटिसको सम्मान गर्नेछु र मामिलामा सबै आवश्यक सहयोग पुऱ्याउनेछु।

-हिस

About Author

Advertisement