गान्तोक। पूर्व सिक्किमको डोक्सिङ मिडल साम्दोङमा नवनिर्मित नामडोल थारपालिङ गुम्बाको आज उद्घाटन गरियो। गुम्बाको उद्घाटन राज्य सरकारका धर्म मन्त्री सोनाम लामाको विशेष उपस्थितिमा क्याब्जे गुञ्जाङ रिम्पोचेको बाहुलीबाट गरिएको हो।
उल्लेखीय छ, यस गुम्बाको निर्माणमा धर्म मन्त्री सोनाम लामाको विशेष योगदान रहेको छ। गुम्बालाई प्रायोजन गर्नुको साथै मन्त्री लामाले निर्माणकार्यको पनि देखरेख गरेका थिए।

आज गुम्बाको उद्घाटन कार्यक्रममा स्थानीय धर्मावलम्वीहरूका साथमा क्षेत्र विधायक उगेन टी ग्याछो भोटिया, जिल्ला अध्यक्ष बलराम अधिकारी, धर्म विभागका सचिव टीटी भोटिया, पूर्व विधायक नोर्जाङ लेप्चा साथै अन्यको विशेष उपस्थिति रहेको थियो।








